Thursday, January 23, 2025
spot_img

तल्लो इन्द्रावतीको अडिट सुरुङ ‘ब्रेक थ्रु’, अब कहिले हाेला निर्माण सम्पन्न ?

spot_img

Share

spot_img

काठमाडौँ । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको अडिट सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको ४.५ मेगावाटको आयोजनाको अडिट १ र २ सुरुङ छिचोलिएको हो ।

अहिले आयोजना निर्माणको काम तिव्र गतिमा भइरहेको छ । आयोजनाको सुरुङमध्ये २ किलोमिटर खन्ने काम सम्पन्न भइसकेको कम्पनीले जानकारी दिएको छ । १ किलोमिटर सुरुङ खन्ने काम पनि भइरहेको जनाइएको छ । सुरुङको आधी काम यसअघि नै सम्पन्न भइसकेको छ ।

यो आयोजना विगत १४ वर्षदेखि अलपत्र थियो । २०६७ सालमा खारेज भई निर्माण बन्द भएको आयोजनाको पुनःनिर्माणको काम २०८० माघदेखि सुरु भएको हो । कम्पनीले २०८२ सालभित्र सम्पन्न गर्ने गरी निर्माण थालेको हो । आयोजनालाई यो अवधिसम्म ल्याउन धेरै दुख, खर्च लागेको कम्पनीले जनाएको छ ।

आयोजनाको करिब ४० प्रतिशत निर्माण पूरा भइसकेपछि अनुमतिपत्र खारेज गरेर सरकारको बास्केटमा राखिएको थियो । आयोजना निर्माण गरी सञ्चालन हुने अवधिभर लागि ६२ करोड रुपैयाँ तिर्ने गरी २०७८ असारमा नै अनुमतिपत्र पूरानै कम्पनीलाई दिने आशयपत्र जारी गरेको थियो ।

आशयपत्र जारी भएपछि कुनै कम्पनी दाबी विरोध गर्न नआएपछि नेशनल हाइड्रोले अनुमतिपत्रका लागि विभागमा आवेदन दिएको थियो । त्यसपछि विभागले प्रक्रिया पूरा गरेर कम्पनीको नाममा आयोजनाको अनुमतिपत्र जारी गरी निर्माण प्रक्रिया सुरु गरेको थियो । विभागले २०८० बैशाख २० गते उत्पादन अनुमति जारी गरेको थियो ।

बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा रहेको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको टेलरेसबाट निस्केको पानीको प्रयोग गरी सोही खोलाको दायाँ किनारमा मुख्य संरचनाहरू रहने गरी डिजाइन तयार पारिएको छ ।

यस आयोजनाबाट वार्षिक सरदर २९.९८ गिगावट घन्टा विद्युत उत्पादन हुनेछ । विद्युत्गृहमा जडित २ वटा फ्रान्सीस टर्वाइन (२.३५मेगावाट) र २ वटा ३ फेज जेनेरेटर (२.६५ मेगावाट) मार्फत ४.५ मेगावाट विद्युत् उत्पादन गरिनेछ र त्यहाँबाट निस्केको पानीलाई ५० मिटर लामो टेलरेसबाट पुन इन्द्रावती खोलामा छाडिनेछ ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको २०० मिटर लामो ६६ केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत पाँचखाल सबस्टेसनमा जाडिनेछ । आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) र कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) सम्पन्न भइसकेको छ ।

आयोजनामा बैंकको नेतृत्वमा ५० प्रतिशत ऋण लगानी गर्ने गरी सम्झौता भएको छ । आयोजनामा ५० प्रतिशत ऋण लगानी र ५० प्रतिशत स्वपुँजी लगानी हुनेछ । आयोजना सम्पन्न गर्न १ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img