Saturday, September 19, 2026
spot_img

भदौमा ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, ५६ करोड युनिटभन्दा बढी बिक्री

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । प्राधिकरणको प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र–एलडीसी), स्युचाटारले सार्वजनिक गरेको विवरणअनुसार भदौमा दुई माध्यमबाट कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात भएको हो ।

प्राधिकरणले भारतका हरियाणा तथा बिहार राज्य र बंगलादेशमा द्विपक्षीय सम्झौता (बाइल्याटरल) तथा विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् निर्यात गरेको जनाएको छ । कुल निर्यातमध्ये द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख २१ हजार २ सय ८८ युनिट विद्युत् निर्यात गरी ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २ सय ९९ रुपैयाँ आम्दानी भएको छ । त्यस्तै, विद्युत् बजारमार्फत १४ करोड ३९ लाख ८५ हजार १ सय ५५ युनिट निर्यात गरी १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९ सय ८३ रुपैयाँ कारोबार भएको छ ।

यसैबीच, भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात बन्द रहेको प्राधिकरणले जनाएको छ । अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोध गरिएको छ । प्राधिकरणले आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img