काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक लेखा समितिमा डेटिकेटेड तथा ट्रकं लाइन प्रयोग गरेको उद्योगहरूको टाइम्स अफ डे मिटरिङ (टिओडी) मिटरको रेकर्ड बुझाउने तयारी गरेको छ । प्राधिकरणले ट्रंक एण्ड डेडिकेटेड लाइन प्रयोग गरेवापतको डेटासमेटिएको करिब ५० हजार पेजको विवरण लेखा समितिमा बुझाउने तयारी गरेको हो ।
केही बेरमै सम्पूर्ण विवरण लेखा समितिमा बुझाउने तयारी भइरहेकाे प्राधिकरणले जानकारी दिएकाे छ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले प्राधिकरणसँग टिओडी मिटरको रेकर्ड मागेको थियो ।
शुक्रबारको लेखा समितिको बैठकले विद्युत प्राधिकरणसँग टिओडी मिटरसहितको विवरण माग्ने निर्णय गरेको थियो । प्राधिकरणसँग टिओडी मिटरको विवरण मागेर ५ दिनमा प्रतिवेदन बनाउने र त्यसपछि बस्ने बैठकले निर्णय गर्ने गरी लेखा समितिले विवरण उपलब्ध गराउन निर्देशन दिएका थियो ।
शुक्रबार प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, उद्योगी व्यवसाय, नियामकीय निकाय विद्युत नियमन आयोगका पदाधिकारीलाई लेखा समितिले डाकेको थियो । बैठकको अन्त्यमा समितिले यस्तो निर्णय गरेको थियो ।