Thursday, January 23, 2025
spot_img

प्राधिकरण कै कारण रसुवागढीमा १ अर्ब बढी नाेक्सान

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन तयार नगरिदिँदा निर्माण सम्पन्न १११ मेगावाटकाे रसुवागढी जलविद्युत आयाेजनालाइ १ अर्ब रुपैयाँ बढीकाे नाेक्सान भइसकेकाे छ । २०८० चैत मै निर्माण सम्पन्न भइ परिक्षण समेत पूरा भएकाे आयाेजनाकाे विद्युत प्रणालीमा जाेडिन नपाउँदा करिब १ अर्ब २५ कराेड ४८ रुपैयाँ भन्दा बढी नाेक्सान भएकाे छ ।

कम्पनीले आयाेजनाबाट वार्षिक रूपमा उत्पादन भएकाे ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् बिक्री गरी ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्थ्याे । जसअनरूप हाल कम्पनीले दैनिक ९० लाख २७ हजार रुपैयाँ भन्दा बढी घाटा बेहाेर्नु परिरहेकाे छ । प्रसारण लाइन कै कारण आयोजनाले अझै कति नाेक्सान बेहाेर्नुपर्ने हाे त्याे हेर्न बाँकी नै छ ।

याे आयोजनाकाे निर्माण ५ महिनाअघि नै सम्पन्न भएकाे थियाे । परिक्षण सम्पन्न भएको आयोजनाका लागि ग्रिड कनेक्सन एग्रिमेन्टको प्रावधान बमोजिम १३२ केभीको ‘ब्याक चार्ज’ उपलब्ध नहुँदा बिजुली प्रणालीमा जोडिन सकेको छैन् ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक रसुवागढी जलविद्युत् कम्पनीले पछिल्लो संशोधित कार्यतालिका बमोजिम गत चैत्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य अनुरुप नै काम सम्पन्न गर्याे । तर, प्राधिकरणको तर्फबाट प्रसारण लाइन तयार नहुँदा आयोजना अलपत्र अवस्थामा पुगेको छ ।

कम्पनीले २०८० पुस १५ गते नै आयोजनाको बाँध स्थलमा पानी भरेर सफल परीक्षण गरी माघ ५ गतेदेखि अन्य सिभिल संरचना तथा हाइड्रो मेकानिकल गेटहरू, इलेक्ट्रोमेकानिकल उपकरणहरूको चरणबद्ध परीक्षण समेत सम्पन्न गरिसकेकाे छ । आयोजनाको ४१८४.५ मिटर लामो मुख्य सुरुङकाे पनि २०८० माघ २१ गते सफल परीक्षण गर्याे ।

लट–२ इलेक्ट्रोमेकानिकल निर्माण कार्यका ठेकेदार एम/एस भोइथ हाइड्रो प्रालिले ‘ड्राइ टेस्ट’ समेत सफल रूपमा सम्पन्न गर्याे । ड्राइ टेष्ट पूरा भएपनि प्राधिकरण कै कारण ‘वेट टेष्ट’ हुन सकेकाे छैन ।

आयोजनाले उत्पादन गर्ने विद्युत बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र सुख्खा याममा प्रतियुनिट ८.४० रुपैयाँमा नेपाल विद्यु खरिद गर्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) भएको छ ।

निर्माणको चरणमा १३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएकोमा भौगोलिक विकटता, बाढीपहिरो, निर्माण सामाग्री ढुवानीमा ढिलाइ, भूकम्प, कोभिड–१९ महामारीजस्ता विविध कारणले निर्माणमा ढिलाइ हुँदा लागत ब्याजबाहेक बढेर १८ अर्ब ४७ करोड रुपैयाँ हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।

याे पनि पढ्नुहाेस्ः प्रसारण लाइन निर्माणको ढिलाइले १५३ मेगावाट बिजुली खेर

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img