Thursday, November 14, 2024
spot_img

लाइन काटिएकामध्ये १२ उद्योगले बुझाए पहिलो किस्ता

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले लाइन काटेकाेमध्ये १२ उद्याेगले किस्ताबन्दी सुविधामार्फत पहिलाे किस्ता बुझाएपछि उनीहरूकाे लाइन पुनःजाेडिएकाे छ । डेडिकेटेड एण्ड ट्रंकलाइन प्रयोग गरी बिजुली उपभोग गरेवातपको बक्यौता नतिरेको भन्दै प्राधिकरणले ३४ वटा उद्योगकाे लाइन काटेकाे थियाे ।

लाइन काटिएकोमध्ये १२ उद्योगले किस्ताबन्दीमा बक्यौता बुझाउने भएपछि उनीहरूको लाइन पुन जोडिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । पहिलो किस्ता तिरेर लाइन जोडेका उद्योगहरूले आफ्नो उद्योगको नाम सार्वजनिक नगरीदिन अनुरोध गरेकोले नाम गोप्य राखिएको पनि उनले बताए ।

प्राधिकरणले कात्तिक ८ गते ३४ उद्याेगहरू लाइन काटेकाे थियाे । लाइन काटिएकोमध्ये त्यही दिन ६ वटा उद्योगले किस्ताबन्दी सुविधामा बक्यौता तिर्ने भएपछि प्राधिकरणले उद्योगमा बिजुली प्रवाह गरेको थियो । यसैगरी कात्तिक ८ गते थप ५ उद्योगले पनि किस्ताबन्तीमा महशुल बुझाउने भएपछि उनीहरुको पनि पुन लाइन जोडिएको थियो । आज थप एक उद्योगले किस्ताबस्तीमा बक्यौता बुझाउनेभएपछि लाइन पुन जोडिएको घोषले जानकारी दिए ।

प्राधिकरणले गत कात्तिक ८ गते २०७२ माघदेखि २०७५ बैशाखसम्मको लोडसेडिङकाल बक्यौता नबुझाउने ३४ वटा उद्योगको लाइन काटेको थियो । बक्यौता बुझाउन बाँकी ४९ मध्ये ३४ उद्योगको लाइन काटिएको थियो । बाँकी १५ उद्योगको भने लाइन काटिएको छैन । अदालतको स्टे अर्डर रहेका ७ वटा र २ वटा सरकारी उद्योगको लाइन भने काटिएको छैन । साथै, ६ वटा उद्योगले भने पहिलो किस्ता बुझाएर बक्यौता तिर्न थालेका छन् ।

यसअघि पनि बक्यौता नतिरेकोभन्दै प्राधिकरणले उद्योगहरुमा लाइन काटिदिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरुमा लाइन जोड्न निर्देशन दिएपछि प्राधिकरणले गत साउन ८ गते तीन महिनाको समय दिएको थियो । प्राधिकरणले असोज २४ गते सूचीसहित सूचना जारी गरी बक्यौता तिर्न आग्रह गरेको थियो ।

बिहीबार (कात्तिक ८ गते) ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको प्राधिकरणको बोर्ड बैंठकमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता बुझाउन दिएको समयावधि सकिएको भन्दै बक्यौता नतिर्ने उद्योगको लाइन काट्नुपर्ने प्रस्ताव राखेका थिए । तर, बैंठकले लाइन काट्ने वा नकाट्ने विषयमा लिखित रुपमा कुनै ठोस निर्णय गरेको थिएन् ।

याे पनि पढ्नुहाेस्ः प्राधिकरणले बक्यौता नतिर्ने ३४ उद्योगको लाइन काट्यो, १५ उद्योगको काटिएन

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img