Thursday, December 5, 2024
spot_img

आइएसए सम्मेलनः पञ्चेश्वर र अरुणकाे निर्माण अघि बढाउन भारत सहमत

spot_img

Share

spot_img

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालको उर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धीमुलक भएको बताएका छन् । भारतको नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन(आइएसए) सम्मेलनमा भाग लिएर आज साँझ नेपाल फर्केका मन्त्री खड्काले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पञ्चेश्वर, अरुणलगायतका आयोजनालाई चाँडै अगाडि बढाउने विषयमा भारतसँग सकारात्मक छलफल भएको बताएका हुन् ।

“नेपाल–भारतबीचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एक आपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको छ,”– मन्त्री खड्काले भने । मन्त्री खड्काले भारतले नेपालको विषयमा धेरै चासो र चिन्ता लिएको पाएको बताए ।

उनले नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थाहरुसँग छलफल गरेको बताए । उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनका क्रममा नेपालको सौर्य उर्जाको विकासमा आइएसएले सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए ।

भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका जल शक्ति मन्त्री सी आर पाटिल, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष एवम् भारतका नविन एवम् नविकरणीय उर्जामन्त्री प्रल्हाद वेंकटेश जोशी र विद्युत मन्त्री मनोहरलाल खट्टरसँग छुट्टाछुट्टै भेट गरेका थिए । मन्त्री खड्काले भारतका उर्जामन्त्रीले नेपाल आउने प्रतिवद्धता व्यक्त गरेको बताए ।

मन्त्री खड्काले जलविद्युतमा लगानी र काम गर्ने वातावरण बनाउन थप आवश्यकता रहेको बताए । उनले काम गर्ने वातावरण भए नेपालमा भारतका मल्टिपल कम्पनीहरू नेपालको जलविद्युतका काम गर्न उत्साहित देखिएको उल्लेख गरे ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img