Sunday, January 19, 2025
spot_img

साढे ६ सय मेगावाटका विद्युत् आयोजनामा सिटिजन्स बैंकको लगानी

spot_img

Share

spot_img

काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडले हालसम्म साढे ६ सय मेगावाटका जलविद्युत् आयोजनामा ऋण लगानी गरेको छ । बैंकले देशका विभिन्न ठाउँमा पहिचान गरी निर्माण अघि बढेका आयोजनामा लगानी गरेको हो ।

हालसम्म ६४१ मेगावाटका २९ जलविद्युत् आयोजनामा लगानी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताए । ‘लगानी गरिएकामध्ये १२४.५४१ मेगावाट क्षमताका १३ विद्युत् आयोजनाको निर्माण पूरा भई सञ्चालनमा रहेका छन्,’ उनले भने, ‘बाँकी ५१७ मेगावाटका २९ विद्युत् आयोजना निर्माणका विभिन्न चरणमा छन् ।’

निर्माणका चरणमा रहेकामध्ये १५ वटा विद्युत् आयोजनामा अगुवाई बैंकको रूपमा लगानी गरेको पोखरेलले जानकारी दिए । दुईवटा हाइड्रो पावरमा सह–अगुवा बैंक, ९ वटा हाइड्रो पावर आयोजनामा सहभागी बैंकको रूपमा र ३ वटा हाइड्रो पावर आयोजनामा एकल लगानी रहेको छ ।

सिटिजन्स बैंकले पहिलो पटक वि.स २०६४ सालमा सेन्टर फर पावर डेभलपमेन्टले अघि बढाएको एक मेगावाटको जलविद्युत् आयोजनामा लगानी गरेको थियो ।

बैंकले हालै मात्र ४१.०६ मेगावाटको संखुवा खोला जलविद्युत् आयोजनामा लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । यसमा बैंकले अुगुवा बैंकको रूपमा २ अर्ब ९० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img