Sunday, January 19, 2025
spot_img

लङ्खुवा खोलाले दुई सातापछि व्यावसायिक उत्पादन सुरु गर्दै

spot_img

Share

spot_img

काठमाडौँ । सभापोखरी हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्द्धित ५ मेगावाट क्षमताको लङ्खुवा खोला साना जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका–३ मा निर्माण गरिएको उक्त आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत् तुम्लिङटार सबसस्टेनमा कनेक्सन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आयोजनाको निर्माण पूरा गरिसकेपछि नेपाल विद्युत् प्राधिकरणको रोहरबरमा आयोजनाको टेस्टिङ तथा कमिसनिङको कामसमेत सम्पन्न भइसकेको आयोजनाका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले जानकारी दिए । आयोजनाको टेस्टिङ तथा कमिसनिङ विद्युत प्राधिकरण इन्जिनियरहरू निपेश रेग्मी, दुर्गाप्रसाद ओली, आशुहाङ राई, डेगराज पौडेल र शत्रुधन यादवको समूहले गरेका थिए ।

प्राधिकरणलाई १५ दिन निशुल्क विद्युत उपलव्ध गराई अर्को सातादेखि आयोजनाबाट व्यावसायिक उत्पादन शुरू गरिने देवकोटाको भनाइ छ । उक्त आयोजनामा ३ हजार १ सय मिटर लामो हेडरेस पाइप तथा ६०० मिटरको पेनस्टक पाइप जडान गरेर लङ्खुखोलाको पानीलाई स्थानीय बाह्रबिसे बजार नजिकै रहेको विद्युत् गृहमा खसालिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेको सो आयोजना करिब १ अर्ब १० करोड रुपियाँको लागतमा निर्माण पूरा गरिएको देवकोटाले जानकारी दिए । कोरोना महामारीका कारण निर्माण अवधि लम्बिँदा आयोजनाको लागत केही बढ्न गए पनि आयोजना निर्माण सम्पन्न गर्न व्यवस्थापकीय समूह अहोरात्र खटिएको देवकोटाले बताए ।

उनले आयोजना सम्पन्न गर्न विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरू, राष्ट्रिय वाणिज्य बैंक तथा सीईओ देवेन्द्र रमण खनाल, मेकामिडि हाइड्रो पावर कम्पनी इण्डिया, कम्पनीका प्रवद्र्धकहरूको साथ सहयोग र धैर्यताप्रति आभार प्रकट गरे ।

त्यस्तै आयोजनाका निम्ति स्थानीयबासी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको भूमिका पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै देवकोटाले आयोजनाले संखुवासभाको बाह्रबिसे क्षेत्रको आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरे । अहिलेसम्म आयोजना छिटो सम्पन्न गर्नेतर्फ आफूहरूको ध्यान रहेकाले अब कम्पनीले सर्वसाधारणका निम्ति शेयर (आईपीओ) जारी गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको देवकोटाको जानकारी दिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img