Sunday, March 23, 2025
spot_img

उद्योगीको ओभरहेड खर्च प्रतिसिलिण्डर १२.७५ रुपैयाँ बढ्यो

सरकार र ग्यास उद्योगीबीच ५ बुँदे सहमति

spot_img

Share

spot_img

काठमाडाैँ । सरकार र आन्दोलनरत ग्यास उद्योगीबीच पाँच बुँदे सहमति भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सहभागी वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट र नेपाल एलपि ग्यास उद्योग संघका पदाधिकारीबीच यस्तो सहमति जुटेको हो ।

यससँगै ग्यास उद्योगीको आन्दोलन स्थगित भएको छ । ओभरहेड र नाफा रकम वृद्धिलगायत १९ बुँदे माग राखेर नेपाल एलपी ग्यास उद्योग संघले आइतबारदेखि भारतबाट ग्यास ल्याउने प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) खरिद बन्द गरेर आन्दोलन गर्दै आएको थियो ।

माघ २४ गते ग्यास उद्योगी संघले पेश गरेको १९ बुँदे ज्ञापनपत्रका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकमा सहमति जुटेको हो ।

फागुन १८ गते बसेको निगम सञ्चालक समितिको बैठकले ग्यास उद्योगहरूको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च (ओभरहेड खर्च) रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिण्डर १२ .७५ रुपैयाँले वृद्धि गरेको छ ।

यस्तो छ सहमति :

१. मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगहरूको वाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूलाई जानकारी गराइयो ।

२. निगम सञ्चालक समितिको मिति २०८१ फागुन १८ गतेको निर्णय अनुसार एलपी ग्यास उद्योगको खर्चमा समायोजन गरिएपछि पनि मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई मिति २०८१ फागुन १८ गतेदेखि ग्यास उद्योगीहरूले निगमबाट पीडीओ नउठाएको र सो कारणले बजारमा एलपी ग्यास आपूर्ति असहज बन्न थालेको परिस्थितिलाई मध्यनजर गर्दै हाल ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिन्डर फ्ल्याट रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाइ अध्ययन कार्य अगाडि बढाउने ।

३. निगम र सघं दुवै पक्षको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने ।

४. निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरूका सम्बन्धमा आवश्यक गृहकार्य गरी सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने ।

५. नेपाल एलपी ग्यास उद्योग संघले राखेका माग माथि उल्ललेख भए बमोजिम सम्बोधन गर्ने सहमति भएकाले नेपाल एलपी ग्यास उद्योग संघले हाल जारी राखेको विरोधका सम्पूर्ण कार्यक्रम आजदेखि फिर्ता लिने र आजदेखि नै सबै ग्यास उद्योगीले निगमबाट नियमित पीडीओ लिई एलपी ग्यास आपूर्ति सहज बनाउने ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img