Wednesday, April 30, 2025
spot_img

२८५ मेगावाटको माथिल्लो तमोरले २२० केभी लाइन निर्माण गर्दै

spot_img

Share

spot_img

काठमाडाैँ । तमोर इनर्जी प्राइभेट लिमिटेडले २२० केभी लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले ताप्लेजुङको फुङलिङ नगरपालिकाको वडा नम्बर १० मा निर्माणाधीन २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत् आयोजना देखि सोही जिल्लाको मिक्वाखोला गाउँपालिकामा रहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजनासम्म लाइन निर्माण गर्न लागेको हो ।

कम्पनीले ४.७ किलोमिटर लामो विद्युत् लाइन निर्माण गर्न अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागले कम्पनीको नाममा अनुमति जारी गर्ने अन्तिम तयारी गरेको छ ।

लाइनमा १३ वटा टावरहरू निर्माण गरिनेछ । आयोजना निर्माणको लागि कूल १३.४३८१ हेक्टर जमिन आवश्यक पर्नेछ जसमध्ये १३ वटा टावरहरू स्थायी रुपमा ०.६६१४ हेक्टर जग्गा आवश्यक पर्दछ । यस बाहेक विद्युत्मार्गको अधिकार क्षेत्रभित्र अन्तर्गत १२.७७६७ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्नेछ ।

यो लाइन निर्माणकाे काम ३६ महिनाभित्र सम्पन्न गरिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img