Wednesday, April 30, 2025
spot_img

ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

spot_img

Share

spot_img

काठमाडाैँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा इञ्जिनियर सागर श्रेष्ठ नियुक्त भएका छन् । उनलाई ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो ।

७ जना उम्मेदवारमध्ये अन्तिम प्रस्तुति तथा अन्तर्वार्ताबाट छनोट गर्दै उनलाई कम्पनीको नेतृत्व सुम्पिएको हो । इञ्जिनियर श्रेष्ठ ऊर्जा क्षेत्रका अनुभवी व्यक्ति हुन् । उनले भारतको प्रतिष्ठित आईआईटी रुड़की विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।

उनले नेपाल इञ्जिनियरिङ परिषद्को सञ्चालक समिति सदस्यको रूपमा सेवा गरिरहेका छन् भने नेपाल इञ्जिनियर्स संघका कार्यसमिति सदस्य समेत हुन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img