Wednesday, April 30, 2025
spot_img

कुलमान र हितेन्द्रको रिट चुडाल र पाण्डेयको इजलासमा

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका रिट न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

मंगलबार सर्वोच्च अदालतको दैनिक पेसी सूचीको पहिलो नम्बरमा कुलमान र दोस्रोमा हितेन्द्रको निवेदन परेकाे छ । गत आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा श्रेष्ठको इजलासमा परे पनि प्रत्यर्थी हितेन्द्रदेव शाक्यको तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले वकालतनामा दिएपछि हेर्न नमिल्ने भएको थियो ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट गैरकानुनी रुपमा हटाएको भन्दै बिहिबार घिसिङले सर्वोच्चमा रिट दायर गरेका  थिए  । सरकारले ४ वर्ष अगाडिको कुलमानलाई नियुक्त गरेर आफूलाई हटाएको मुद्दा टुंगो नलाग्दै सरकारले आफूलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएकोले शाक्यले पुरानो मुद्दा टुंगाइदिन भन्दै विहीबार सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।

शुक्रबार सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेसी चढेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश मुसलमानले अन्तरिम आदेश दिएनन् भने आइतबार दुबै पक्षलाई बोलाउने आदेश गरेका थिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img