Saturday, May 30, 2026
spot_img

२० अर्बको २१ हजार विद्युतीय सवारी आयात, १२ अर्ब राजस्व संकलन

spot_img

Share

spot_img

काठमाडौँ । नेपालले आर्थिक वर्ष (आव) २०८१/८२ सुरु भएयता करिब २० अर्ब रुपैयाँ बराबरको २१ हजार विद्युतीय सवारी आयात गरेको छ । सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै यसको प्रयोग र आयात बढ्दै गइरहेको छ ।

अहिले काठमाडौँ उपत्यका लगायतका शहरमा विद्युतीय सवारी, स्कुटरको संख्या बढ्दै गएको देखिन्छ । विद्युत् आपूर्तिमा भएको सुधारसँगै आमजनताको यसतर्फको आकर्षण बढ्दै गएको हो ।

नेपालले साउनदेखि चैत्रसम्मको ९ महिनाको अवधिमा १९ अर्बं ९४ करोड रुपैयाँ भन्सार मूल्यका विद्युतीय सवारी आयात गरेको भन्सार विभागको तथ्यांकमा छ ।

विभागको तथ्यांक अनुसार नेपालले विभिन्न देशबाट तीन पाङ्ग्रे र चार पाङ्ग्रे गरी २० हजार ८९४ वटा विद्युतीय सवारी आयात गरेको छ । नेपालले ९ महिनाको अवधिमा १९ अर्ब ९३ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात गर्दा ११ अर्ब ९१ करोड ४९ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले एसेम्बल र अनएसेम्बल गरी सो परिमाणको विद्युतीय सवारी आयात गरेको हो । यो अवधिमा चार पाङ्ग्रे सवारीमध्ये सबैभन्दा बढी ५० देखि १०० किलोवाट क्षमताका रहेका छन् । नेपालले यो क्षमताका १० अर्ब ९४ करोड ७९ लाख ८८ हजार रुपैयाँ बराबरको ४ हजार ४१४ वटा सवारी आयात गरेको छ । जसबाट ६ अर्ब ९४ करोड १७ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसैगरी, ५० किलोवाट क्षमता सम्मका २ हजार ७८३ सवारी आयात गरेको छ । ४ अर्ब ९७ करोड ३६ लाख ८ हजार रुपैयाँ बराबरको सवारी आयात हुँदा २ अर्ब १५ करोड ९ लाख १४ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको तथ्यांकमा छ ।

नेपालले २ अर्ब ५६ करोड ९ लाख ३६ हजार रुपैयाँ बराबरको १०१ देखि २०० किलोवाट क्षमतासम्मको ७४२ वटा गाडी आयात गरेको छ । जसबाट २ अर्ब १७ करोड ७१ लाख २३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, २०१ देखि ३०० किलोवाटसम्मका १२ करोड ४९ लाख ७५ हजार रुपैयाँ बराबरको सवारी आयात भएको छ । १७ वटा गाडी आयात हुँदा १९ करोड ५३ लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । नेपालले अनएसेम्बल मात्रै ८२ करोड ६८ लाख ३६ हजार रुपैयाँको ९ वटा गाडी आयात गरेको छ ।

नेपाल भित्रिएका विद्युतीय सवारीमध्ये ७ हजार १९२ वटा तीन पाङ्ग्रे सवारी छन् । ८२ करोड ६८ लाख ३६ हजार रुपैयाँ बराबरको तीन पाङ्ग्रे सवारी आयात हुँदा नेपालले २८ करोड ११ लाख ५ हजार राजस्व संकलन गरेको छ । यसैगरी, ४९ करोड २४ लाख ७० हजार रुपैयाँ बराबरको ४ हजार ९४७ वटा अनएसेम्बल तीन पाङ्ग्रे सवारी आयात गर्दा १६ करोड ५२ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img