Thursday, February 19, 2026
spot_img

देव ऊर्जा कन्स्ट्रक्सनद्वारा माथिल्लो ठूलो खोलाको सिभिल र हाइड्रो मेकानिकलको कार्य सम्पन्न

spot_img

Share

spot_img

काठमाडौँ । कन्स्ट्रक्सन क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल देव ऊर्जा कन्स्ट्रक्सन लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकलतर्फका सबै मुख्य कार्यहरू सम्पन्न गरेको छ ।

२०७९ साल फागुन १५ गते भूमिपूजन कार्यक्रम गरी निर्माण सुरु भएको सिभिल तथा हाइड्रो मेकानिकलको निर्माण पूरा भएको हो । देव ऊर्जा कन्स्ट्रक्सनले सिभिल र हाइड्रो मेकानिकलतर्फ कार्यहरू २०८१ फागुन मसान्तभित्रै सम्पन्न गरी इलेक्ट्रोमेकानिकल टोलीलाई हस्तान्तरण समेत गरि सकेको छ ।

माथिल्लो ठूलो खोला ‘ए’ को इलेक्ट्रोमेकानिकल कार्य भने भइरहेकाे छ । याे काम भारतको बीएफएल कम्पनीले गरिरहेको छ ।

आयोजना निर्माण गर्ने क्रममा प्रत्येक वर्ष करिब चार महिनासम्म ‘मालाङ’ भनिने स्थानमा पहिरो जाँदा काम पूर्ण रूपमा अवरुद्ध हुने अवस्था भएपनि काम निर्धारित समयमा नै सम्पन्न गरेको देव ग्रुप अफ कम्पनी प्रा.लि.का प्रमुख कार्यकारी अधिृकत (सिईओ) नविन सिलवालले बताए ।

‘आयोजना निर्माण अवधिभर हेडर्क्स र पावरहाउस क्षेत्रमा पनि विभिन्न समयमा पहिरो जाँदा तथा वर्षात र हिउँका कारण विभिन्न किसिमका अवरोधहरू सिर्जना भएपनि देव ऊर्जा कन्स्ट्रक्सनको दृढ विश्वास, अथक मेहनत र निरन्तर प्रयासका कारण हामी तोकिएको समय अगाबै सिभिल र हाइड्रो मेकानिकलतर्फका कार्य सम्पन्न गरी इलेक्ट्रोमेकानिकल टोलीलाई सफलतापूर्वक हस्तान्तरण गर्न सफल भएका छौ’ उनले भने ।

माथिल्लो ठूलो खोलाको सिभिल तथा हाइड्रो मेकानिकल कार्यको सुरुवात औपचारिक रूपमा २०७९ साल फागुन १५ गते भूमिपूजन कार्यक्रम गरी गरिएको थियो । त्यसपश्चात् सिभिल संरचनाको मुख्य कार्य २०८० साल वैशाख महिनादेखि सुरु गरिएको हो ।

यस अयोजना २०८२ सालको असोज २८ गते निर्माण सम्पन्न गर्ने मिति तोकिएपनि निर्धारित तालिका अगावै आयोजनाबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण ग्रिडमा जोड्ने कम्पनीका वित्तीय प्रमुख प्रदिप खतिवडाले जानकारी दिए ।

ठूलो खोला हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको यस आयोजना सम्पन्न गर्न ३ अर्ब ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी छ । आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा कृषि विकास र माछापुछ्रे बैंकको ऋण लगानी रहेको छ । यो आयोजना म्यादी जिल्ला रघुगंगा गाउँपालिका वडा नम्वर ८ मा निर्माण भइरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img