काठमाडाैँ । बुटवल पावर कम्पनी लिमिटेड (बिपीसी) ले न्यादी हाइड्रो पावर लिमिटेडको ३१ लाख कित्ता सेयर बिक्री गर्ने भएकाे छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेकाे कम्पनीकाे शेयर दोस्रो बजारमा बिक्री गर्न लागेकाे हाे ।
कम्पनीले आफ्नो नाममा रहेको न्यादी हाइड्रोको ३१ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको हो । हाल कम्पनीसँग न्यादीको १ करोड ७ लाख ५१ हजार ४ सय ५३ कित्ता शेयर छ। कम्पनीले ति मध्ये ३१ लाख कित्ता शेयर बिक्री गर्ने भएको हो ।
विद्युत् नियमन आयोगले जारी गरेको विद्युत् सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणको जानकारीका लागि सूचना समेत प्रकाशित गरेको छ ।








