Tuesday, April 21, 2026
spot_img

७ अर्ब लागतमा लाप्चे तामाकोशी बन्ने

spot_img

Share

spot_img

 काठमाडाैँ । लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । सो आयोजनामा एनएमबि बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले ५ अर्ब २५ करोड लगानी रहने निश्चित भएको हो । 

४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी जलविद्युत आयोजनाको करिब लागत रु. ७ अर्ब अनुमान गरिएकाेमा एनएमबि बैंकको अगुवाइमा नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक., एभरेष्ट बैंक र डायनामिक हाइड्रो इनर्जीले लगानी गर्ने गरी उक्त समझदारी भएको हो । आयोजना दोलखाको विगु गाउँपालिकामा बन्ने छ । 

साथै एनएमबिको एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन भएको छ ।  २ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत रु. ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंक लि.ले रु. ३४ करोड ऋण लगानी गर्ने भएको छ । 

एनएमबि बैंकको तर्फबाट चिफ दिनेश दुलाल  र डायनामिक हाइड्रोको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरे । 

एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरे । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको 

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img