काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय वितरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विद्युत् बिक्रीबाट हुने आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १ अर्ब १९ करोड ७० लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको छ । गतवर्ष यही समयअवधिमा ९५ करोड १८ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफा पनि बढेको छ । गत वर्ष यही समयअवधिका ४ करोड ४८ लाख ३ हजार रुपैयाँ मात्र नाफा कमाएको कम्पनीले अहिले ३५ करोड ३४ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ ।

अहिले अपि पावरको ६ विद्युत् आयोजना सञ्चालनमा रहेका छन् । ८.५ मेगावाटको नौगड गाड स्मल, ८ मेगावाटको नौगाड गाड, ४ मेगावाटको चन्द्रनिहापुर सोलार, १ मेगावाटको ढल्केबर सोला, १ मेगावाटको सिमरा सोलार र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट नियमीत विद्युत् उत्पादन भइरहेको छ ।








