काठमाडाैँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनी १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने शेयर निष्काशन गर्न लागेकाे हाे ।
कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ । यस निष्काशनमा लगानीकर्ताले असार २२ गतेसम्म आवेदन दिन सक्ने छन् ।
कम्पनीकाे शेयर निष्काशन गरि बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।








