काठमाडौँ । सरकारले देशको प्रसारण लाइन विस्तार र वितरण लाइन आयोजनाका लागि १३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै उक्त कुरा उल्लेख गरेका हुन् ।
सरकारले ऊर्जा निर्यातका लागि थप प्रसारण लाइन विस्तार गर्ने भएको छ । साथै, अहिले भइरहेको भूमिगत वितरण लाइनको काम पनि तिव्र गतिमा अघि बढाउनेछ ।








