काठमाडाैँ । अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले निर्माण गर्न लागेकाे २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजनामा दुई बैंककाे ४२४.५ करोड ऋण लगानीले ऋण लगानी गर्ने भएका छन् । नेपाल बैंकको अगुवाईमा नबिल बैंकले लगानी गर्ने गरी आज वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो ।

अायाेजनामा नेपाल बैंकले २२४.५ करोड र नबिल बैंकले २०० करोड लगानी गर्ने छ । दुई बैंकले ४२४.५ करोड अर्थात कूल लगानीकाे ७५ प्रतिशत ऋण लगानी गर्ने भएका हुन् । सो आयोजना निर्माणको लागि आवश्यक स्वपूँजी १ अर्ब ४२ करोड ५२ लाखको ५१.५८२ प्रतिशतले हुने रकम ७३ करोड रुपैयाँ अपि पावर कम्पनी लिमिटेडले दार्चुला पावर लिमिटेडमा लगानी गरेको छ । आयोजनाको कुल लागत ५६६ करोड रहेको छ ।

यस आयोजनाबाट वार्षिक १८५.६२ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने छ ।









