काठमाडौँ । बोदेबर्साइन नगरपालिका सप्तरीले नगरपालिका अन्तर्गतको कृषि महशुल भुक्तानी गरेको छ । पालिकाले करिब एक हजार किसानको सिँचाइ मिटर वापतको विद्युत् महशुल भुक्तानी गरेको हो ।
नगरपालिकाले कृषि महशुल नेपाल विद्युत् प्राधिकरण, बोदेबर्साइन वितरण केन्द्रलाई बुझाएको छ । पालिकाले ३ लाख ३२ हजार ६६६ रुपैयाँ विद्युत् महशुल भुक्तानी गरेको केन्द्र प्रमुख ईं संयोग विश्वकर्माले बताए ।
पालिका प्रमुख आतेश सिंह यादवले आगामी दिनहरुमा बाँकी रहेका सबै किसानहरुलाई समेट्ने गरी कृषिको महशुल नगरपालिकाले भुक्तानी गर्ने जानकारी दिए ।