Monday, July 14, 2025
spot_img

‘टेक एण्ड पे’को प्रावधान संशाेधन

spot_img

Share

spot_img

काठमाडाैँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटबाट विद्युत् खरिद सम्झाैता (पीपीए)मा ‘टेक एण्ड पे’को प्रावधान हटाएका छन् । मंगलबार प्रतिनिधिसभामा अर्थमन्त्री पौडेलले बजेटको बुँदा नम्बर २२७ लाई थप स्पष्ट पार्दै नयाँ प्रस्ताव गरेका हुन् । जलविद्युतमा नीजि क्षेत्रलाई मारमा पार्ने गरि बजेटमा ल्याइएको यो बुँदालाई संशोधन गरिएकाे हाे ।

उनले बजेटको बुँदा नं. २२७ लाई संशोधन गर्दै ‘वित्तीय जोखिम मूल्यांकनका आधारमा ऊर्जा खपत तथा निर्यात हुने यकिन भएका र नेपाल विद्युत् प्राधिकरणले दायित्व भुक्तानी गर्न सक्ने सुनिश्चित भएका आयोजनाको विद्युत् खरिद सम्झौता गर्न सकिने’ व्यवस्था राखेका छन् । यसअघि यो बुँदामा रन अफ रिभर आयोजनाको टेक एण्ड पे अवधारणा अनुरुप पीपीए गरिने उल्लेख गरिएको थियो ।

बजेटमा टेक एण्ड पेको व्यवस्थाको चौतर्फी विरोध गर्दै निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले यो बुँदा फिर्ता नलिएमा विद्युत आपुर्ती नै बन्द गरेर ब्ल्याक आउट गर्ने चेतावनी समेत दिएका थिए । सोमबार मात्रै सत्तारूढ दल नेकपा एमाले र कांग्रेसबीच टेक एण्ड पेको प्रावधान हटाउने विषयमा सहमति भएको थियो । सोही सहमति बमोजिम आज अर्थमन्त्री पौडेलले संसदमा सो बुँदा संशोधन गरेर नयाँ विषय प्रस्ताव गरेका हुन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img