Thursday, February 19, 2026
spot_img

निजी क्षेत्रको दोस्रो ठूलो आयोजना तल्लो सोलुको विद्युत् ग्रिडमा जोडियो

spot_img

Share

spot_img

काठमाडौँ । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै दोस्रो ठूलो ८२ मेगावाटको तल्लो सोलुको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सोलुखुम्बुमा निर्माण सम्पन्न भएको आयोजनाको पहिलो युनिटको विद्युत् हिजो (साउन ४ गते) बाट प्रणालीमा जोडिएको हो । यो आयोजना सोलु हाइड्रो पावर लिमिटेडले निर्माण गरेको हो ।

आयोजनाको सम्पूर्ण संरचनाको निर्माण तथा आन्तरिक परीक्षण पूरा गरी आइतबारदेखि उत्पादीत विद्युत् राष्ट्रिय ग्रिडमा जोडेको आयोजना प्रमुख श्रीधर खनालले बताए । ‘आयोजनामा ४१ मेगावाट क्षमताका दुई वटा पेल्टन टर्वाइन जडान गरिएको छ । पहिलो युनिट हिजो नै ग्रिडमा जोडियो । अहिले यसको परीक्षण अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘बाँकी अर्को युनिट पनि आज साँझ वा भोली बिहानदेखि ग्रिडमा जोड्छौ । यसको परीक्षण पनि भोली बेलुकासम्म सकिन्छ ।’

आयोजनाको दुवै युनिटको छुट्टाछुट्टै परीक्षण सफल भएपछि एकैचोटी दुवै युनिटको परीक्षण गरिनेछ । त्यसपछि मात्रै नेपाल विद्युत् प्राधिकरणले १५ दिन उत्पादन परीक्षण गर्नेछ । ‘आयोजनाको दुवै युनिटको परीक्षण बुधबारसम्म सकिन्छ, त्यसपछि मात्र प्राधिकरणले उत्पादन परीक्षण गर्नेछ । प्राधिकरणले १५ दिन परीक्षण पूरा गरेपछि व्यवसायीक विद्युत् उत्पादन सुरु हुनेछ’ उनले भने ।

एफएमओलगायतका युरोपियन बैंक (इन्टरनेसनल फन्डिङ एजेन्सी) को १६ अर्ब रूपैयाँ ऋण लगानीमा सन् २०१६ देखि निर्माण कार्य थालिएको थियो । आयोजना सेप्टेम्बर २०२५ भित्रमा पूरा गर्ने लक्ष्य राखिएपनि २ महिनाअघि नै उत्पादन थालिएको छ ।

सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलु खोलामा बाँध निर्माण गरी पानी संकलन गरिएको छ । उक्त पानी करिब ६ किलोमिटर टाढाको तिङ्लाको भदौरेस्थित पावर हाउसमा झारेर विद्युत् उत्पादन गरिएको छ । यसका लागि करिब ५ किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ । भौगोलिक कठिनाइ र लामो सुरुङमार्गका कारण अनुमानित लागतभन्दा अधिक खर्च हुनसक्ने अनुमान छ ।

यसअघि भाैगर्भिक अवस्थाका कारण पहिराेले निर्माण अन्तिम चरणमा पुगेकाे सतही भेल्वहाउस र पेनस्टकमा क्षति पुर्याएकाे थियाे । जसका कारण भूमिगत भेल्वहाउस र भूमिगत हाेराइजाेन्टल र भर्टिकल प्रेसर साफ्ट सम्पूर्ण नयाँ निर्माण गरिएकाे हाे ।

आयोजनाबाट हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ । उत्पादित विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ‘सुपर सिक्स’ अन्तर्गत निर्माण गरिएकाे हाे ।

निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटकाे सोलु दूधकोसी सञ्चालनमा छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img