Friday, July 17, 2026
spot_img

आयोन ईभी खरिदमा ८ लाखसम्म छुट अफर

spot_img

Share

spot_img

काठमाडाैँ । नेपालमा प्रिमियम इलेक्ट्रिक मोबिलिटी थप सुलभ बनाउने उद्देश्यले आयोनले ‘द एक्स्ट्रा अर्डिनरी अफर’ नामक विशेष प्रमोसनल अफर सार्वजनिक गरेको छ ।

सीमित अवधिका लागि लागु हुने यो अफर अन्तर्गत ग्राहकहरूले आयोन गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस अफरको उद्देश्य प्रिमियम इलेक्ट्रिक गाडीलाई अझ सुलभ बनाउनुका साथै नेपालको स्वच्छ र दिगो भविष्य निर्माणतर्फ आयोनको दृष्टिकोणलाई सुदृढ गर्नु रहेको कम्पनीको भनाइ छ । मूल्य छुटका अतिरिक्त ग्राहकहरूले अन्य थप सुविधा पनि प्राप्त गर्नेछन् ।

अफर अन्तर्गत ग्राहकहरूले ६.६४ प्रतिशतको न्यूनतम ब्याजदरमा ऋण सुविधा, ४८ कार्य घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न र ७ वर्षसम्मको ऋण अवधि पाउनेछन् । साथै, प्रत्येक खरिदमा ६.६ किलोवाटको होम चार्जर र ३.३ किलोवाटको ट्राभल चार्जर तथा एक वर्षको सवारी कर र बीमा उपलब्ध हुनेछ ।

त्यसैगरी आकर्षक एक्स्चेन्ज बोनस र ब्ल्याक एन्ड डेक्कर ब्रान्डको भ्याकुम क्लिनर तथा कार वासर पनि उपहार स्वरूप प्रदान गरिने जनाइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img