Monday, January 19, 2026
spot_img

४०० केभी डबल सर्किटको ३१५ किलाेमिटर लाइन तथा सबस्टेसन निर्माणको अन्यौल हट्यो

spot_img

Share

spot_img

काठमाडौँ । अमेरिकी सहायता संस्था मिलेनियम च्याजेञ्ज कर्पोरेशन (एमसीसी) को नेपाल कम्प्याक्टले कार्वन्वयनकाे निरन्तरता पाएसँगै ४०० केभी डबल सर्किटको ३१५ किलामिटर लामाे लाइन तथा सबस्टेसन निर्माणको अन्यौल हटेको छ । अर्थ मन्त्रालयले सोमबार अर्थात आज विज्ञप्ती जारी गर्दै नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी दिएको छ ।

नेपाल सरकार र यस निकायबीच २०७४ भदौ २९ गते एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो । कम्प्याक्ट कार्यन्वयन अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशानुसार पुनरावलोकनका लागि स्थगन भएकोमा एमसीसीको जुलाई २४, २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

अर्थमन्त्रालयका अनुसार हालसम्म ८.४६ प्रतिशत काम पूरा छ । अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत् र सडक पूर्वाधारमा लगानी गरिरहेको थियो । अमेरिकाको ५०० मिलिअन डलर र नेपालको १९७ मिलिअन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत् प्रसारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको थियो ।

उक्त परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे, रातमाटे–दमौली, दमौली–बुटवल र बुटवल– नेपाल–भारत सीमासम्म (गोरखपुर) ४०० केभी प्रसारण लाईन र सम्बद्ध सवस्टेशनहरु निर्माण हुनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img