काठमाडाैँ । एमजी ईभीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभीको रुपमा एमजी आईएम६ सार्वजनिक गरेको छ ।
एमजी आईएम६ अब सम्पूर्ण अधिकृत एमजी डिलरशिपहरूमा टेस्ट ड्राइभ र बुकिङ्गका लागि उपलब्ध हुने छ। लक्जरी, नवप्रवर्तन, र लामो रेञ्जको क्षमताको समिश्रणका साथ, आईएम६ ले एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटीको प्रतीकका रूपमा उभिएको कम्पनीले जनाएको छ ।
प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले भने “हामी नेपालमा एमजी आईएम 6 सार्वजनिक गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं – यो गाडी SAIC को ‘इन्टेलिजेन्स इन मोसन’ को विश्व दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ। उत्कृष्ट रेञ्ज, एआई असिस्टेड र लक्जरी क्याबिन अनुभवसहित, यो केवल इभी मात्र नभई नेपालका लागि स्मार्ट ड्राइभिङको भविष्य हो ।”
एमजी आईएम६ मा आईएम डिजिटल च्यासिस रहेको छ । यो उद्योगकै अग्रणी कम्पोनेन्टहरूद्वारा निर्मित छ । यसको भीएमसी अर्थात भेइकल मोसन कन्ट्रोल प्रणालीले सवारीलाई समयानुकूल बनाउँछ ।
यसमा भएको एड्भान्स्ड इलेक्ट्रिफिकेसन अर्को विशेषता हो । ४०० भोल्ट प्लेटफर्ममा आधारित आईएम ६ ले उच्च प्रदर्शन, उच्च–स्तरीय हार्डवेयर र रेनी नाइट मोड र वान टच क्ष्ब्म् जस्ता इन्टेलिजेन्ट विशेषताहरुले सुरक्षित यात्रा सुनिश्चित गर्छ ।
सबमरिनबाट प्रेरित संरचना, उच्च शक्ति सामग्री र बौद्धिक सुरक्षात्मक प्रणालीहरू प्रयोग गरी यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ । यसमा भएको ७५ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा एनईडीसी अनुसार ५०५ किलोमिटर र डब्लुएलटीपी अनुसार ४५० किलोमिटर रेन्ज दिन्छ ।
यो गाडीको उच्चतम गति २०० किलोमिटर प्रतिघण्टा छ । यसमा १०९ किलोवाटको हेरिकेन मोटर रहेको छ । यसको टर्क ४५० एनएम छ । यो गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।








