काठमाडाैँ । एसियन थाई फुड्सले नयाँ उत्पादन ‘डेभिल्स हट चिकेन नुडल्स’ बजारमा ल्याएको छ । काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा कम्पनीले आफ्नो नयाँ उत्पादन लन्च गरेको ।
सेप्टेम्बर १ तारिक (भदौ १६) देखि यो उत्पादन बजारमा उपलब्ध हुने कम्पनीले जनाएको हो । कम्पनीकाअनुसार यो नुडल्स नेपालकै सबैभन्दा स्वादिलो तिखा नुडल्सका रूपमा प्रस्तुत गरिएको छ ।
‘नेपाल्स हटेस्ट बाइट, इट्स डेभिलिसस’ भन्ने आकर्षक ट्यागलाइनसहित ल्याइएको यस नुडल्समा सन्तुलित मसला र तिखा स्वादको मिश्रण छ । “यो साधारण इन्स्ट्यान्ट नुडल्स होइन, साहसीका लागि स्वादको चुनौती हो,” कम्पनीका निर्देशक अशिष जाजुले भने ।
त्यस्तै, कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले उपभोक्ताको बदलिँदो स्वादलाई ध्यानमा राख्दै निरन्तर नयाँ उत्पादनमार्फत कम्पनीले बजार विस्तार गरिरहेको बताए । डेभिल्स हट चिकेन नुडल्सको खुद्रा मूल्य प्रतिप्याकेट ५० रुपैयाँ तोकिएको छ । पाँच प्याकको फ्यामिली प्याक २५० रुपैयाँमा उपलब्ध हुने जानकारी दिइएको छ । साथै, विशेष अफरअन्तर्गत प्रत्येक प्याकमा चकलेट वेफर पनि निःशुल्क दिइनेछ ।
यो उत्पादन भाटभटेनी लगायतका प्रमुख खुद्रा पसलहरूमा र अनलाइन प्लेटफर्म ‘दराज’ मार्फत पनि खरिद गर्न सकिनेछ । कम्पनीले यो उत्पादनमार्फत नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली स्वादको परिचय दिने लक्ष्य राखेको छ ।
२५ वर्षभन्दा बढी इतिहास बोकेको एसियन थाई फुड्सले ३० भन्दा बढी देशमा निर्यात गर्दै आएको छ ।








