Tuesday, July 14, 2026
spot_img

लघु तथा साना जलविद्युतबाट ४०.६ मेगावाट बिजुली उत्पादन, ग्रामीण विद्युतीकरणमा टेवा

spot_img

Share

spot_img

काठमाडौँ । देशभर सञ्चालनमा रहेका लघु तथा साना जलविद्युत् योजनाबाट हालसम्म कुल ४०.६ मेगावाट (४०६५५ किलोवाट) विद्युत् उत्पादन भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको स्थापनाकालदेखि हालसम्म केन्द्रको सहयोगमा सो क्षमता बराबरको लघु तथा साना जलविद्युत् परियोजना निर्माण गरिएको हो ।

स्थानीय नदी–खोला, खोल्सा तथा स्थानीय स्रोतलाई उपयोग गर्दै विभिन्न निजी कम्पनी, सामुदायिक लगानी तथा सहकारी क्षेत्रको सहभागितामा यी परियोजनाहरू सञ्चालनमा आएका हुन् । दुर्गम तथा ग्रामीण क्षेत्रमा विद्युतीकरण पुर्याउने मुख्य उद्देश्यसहित संचालनमा आएका साना परियोजनाहरूले ऊर्जा पहुँच विस्तारसँगै स्थानीय आर्थिक गतिविधिलाई समेत सशक्त बनाइरहेका छन् ।

यी परियोजनाबाट उत्पादित विद्युत्ले हजारौं घरपरिवार, सार्वजनिक सेवामा रहेका भवन, विद्यालय, स्वास्थ्य चौकी तथा स्थानीय व्यवसायलाई नियमित ऊर्जा आपूर्ति गर्दै ग्रामीण स्तरमा जीवनस्तर सुधारमा योगदान पुर्याइरहेको छ ।

साना जलविद्युत् परियोजनाका कारण ग्रामीण क्षेत्रमा विद्युतीय उपकरण प्रयोग, सूक्ष्म उद्योग सञ्चालन, व्यवसाय विस्तार, सञ्चार, शैक्षिक सेवा र सूचनाको पहुँचमा उल्लेखनीय सुधार आएको केन्द्रको मूल्यांकन छ ।

नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको बिजुली पुर्याउन नसकेको ठाउँमा वा विकट क्षेत्रमा उज्यालो पुर्याउने मुख्य जिम्मेवारी रहेकाे यी परियाेजनाहरू विस्तार अाेझेलमा परेका छन् । पछिल्लो समय देशको विद्युत् उत्पादन क्षमता बढ्दै गएसँगै साना तथा लघु जलविद्युत् परियोजनालाई वेवास्ता गरिएको सरोकारवालाहरू बताउँछन् ।

कुनै समय राज्यले नै प्रोत्साहन गरेर गाउँगाउँमा बिजुली बाल्ने, उद्यमशिलता विकास गर्ने भूमिका खेलेका साना जलविद्युत् परियोजनाहरूलाई वेवास्ता गर्न थालिएपछि बन्द हुने क्रम बढ्दै गएको छ ।
कम क्षमताका यी आयोजनामा ठूलो लगानी भइसकेकोले यसको पुर्नउत्थान गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् । यही अनुसार प्राधिकरणले पनि साना तथा लघु जलविद्युत् परियोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्ने प्रक्रिया अघि बढाएको छ ।

प्राधिकरणका अनुसार यस्ता परियोजनाबाट उत्पादित ऊर्जा क्रमशः राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) सँग जडान गरिँदै छ । तर, अधिकांश साना परियोजना ग्रामीण भेगमा निर्माण भएकाले ग्रिडसम्म लोड पुर्याउन आवश्यक सबस्टेशन, ट्रान्समिशन लाइन विस्तार तथा प्राविधिक अनुमतिका प्रक्रियाले केही समय लाग्ने जनाइएको छ ।

स्थानीय स्रोत प्रयोग गरी उत्पादन भएको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिँदा ग्रामीण क्षेत्रमा रोजगारी, आर्थिक सक्रियता, स्थानीय पूर्वाधार विकास तथा ऊर्जा पहुँच विस्तारमा ठोस प्रभाव परेको प्राधिकरणले जनाएको छ । यस्तै, आगामी वर्षहरूमा अझ धेरै सूक्ष्म, लघु तथा साना परियोजना उत्पादनमा ल्याई राष्ट्रिय ग्रिडमा समावेश गर्ने लक्ष्य राखिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img