Tuesday, May 26, 2026
spot_img

निजी क्षेत्रले पहिलोपटक भित्र्यायाे एलएनजी, ५० कराेडकाे प्लान्ट स्थापना

spot_img

Share

spot_img

काठमाडाैँ । नेपालमा पहिलाे पटक निजी क्षेत्रले एलएनजी (लिक्विफाइड न्याचुरल ग्यास) बिक्री सुरू गरेकाे छ । बाराको सिमरामा योग्य होल्डिङ्सले ७ विघा जग्गामा ५० करोड रूपैयाँको लगानीमा एलएनजी (लिक्विफाइड न्याचुरल ग्यास) प्लान्ट निर्माण गरी संचालनमा ल्याएको हाे ।

हालसम्म सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात तथा वितरण गर्दै आएकोमा पहिलोपटक निजी क्षेत्रले एलएनजी आयात तथा वितरणमा व्यावसायिक रूपमा प्रवेश गरेको एसजी ग्रुपकाे निर्देशक सुगम घिमिरेले बताए ।

करिब ५० करोड रूपैयाँको लगानीमा एलएनजी प्लान्ट निर्माण गरी मंसिर ३ गतेदेखि पहिलाे पटक आयात गरेर बिक्री वितरण सुरू गरेकाे उनले जानकारी दिए । उद्योग विभागबाट मात्र एक वर्षअघि अनुमति प्राप्त यस परियोजनालाई नेपालमा पेट्रोलियम कारोबारको ढाँचामा ठूलो ‘माइलस्टोन’को रूपमा लिइएको छ ।

योग्य होल्डिङ्सले भारतीय आयल कर्पोरेशनसँग २०८१ बैशाख ३१ गते एलएनजी आयातका लागि सम्झौता गरेको हो । यससँगै एलपी ग्यास तथा पेट्राेलियम पदार्थकाे क्रय विक्रयमा संलग्न अन्य निजी व्यवसायीहरूकाे समेत लगानी रहेकाे छ ।

एलएनजी उद्योगका लागि उपयुक्त इन्धन मानिने गरेको छ । वर्तमानमा उद्योगहरू एलपी ग्यास, फर्निस आयल, दाउरा तथा डिजेल प्रयोग गर्दै आएकोमा एलएनजी प्रयोग गर्दा लागत निकै कम पर्ने पनि घिमिरेले बताए । पेट्रोल र डिजेलको तुलनामा कार्बन डाइअक्साइड, नाइट्रोजन अक्साइड तथा जैविक प्रदूषक कम उत्सर्जन हुने भएकाले एलएनजी वातावरणीय हिसाबले पनि लाभदायक मानिएको छ ।

उद्योगको दाबी अनुसार, एलएनजीको प्रयोगबाट उर्जा मूल्यमा प्रतिस्पर्धा बढ्ने, उद्योगहरूको सञ्चालन खर्च घट्ने तथा वातावरणीय प्रदूषण न्यूनीकरणमा योगदान पुग्ने छ । निजी क्षेत्रको प्रवेशसँगै अब नेपालमा पेट्रोलियम आयातका लागि एकल अधिकारको समाप्ति भई प्रतिस्पर्धात्मक बजार निर्माणतर्फ नयाँ चरण सुरु भएको विश्लेषण गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img