Wednesday, May 20, 2026
spot_img

सोलु हाइड्रोको ८२ लाख कित्ता आईपीओ खुला

spot_img

Share

spot_img

काठमाडाैँ । सोलु हाइड्रो पावर लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि तथा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि शेयर निष्काशन गरी बाँडफाँड पश्चात सर्वसाधारणका लागि खुला गरेकाे हाे ।

सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ८२ लाख कित्ता साधारण सेयर निष्काशन गरेको कम्पनीले जनाएकाे छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । सर्वसाधारणले छिटोमा माघ ४ गते र मागअनुसार ढिलोमा माघ १४ गतेसम्म आवेदन दिनुपर्नेछ ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले कुल २ करोड कित्ता साधारण सेयर निष्काशनको अनुमति पाएको थियो, जसको कुल मूल्य २ अर्ब रुपैयाँ बराबर हुन्छ । सोमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० लाख कित्ता तथा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १ करोड कित्ता सेयर बिक्री भइसकेको छ ।

त्यसैगरी, सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कम्पनीका कर्मचारीका लागि ३ लाख कित्ता सेयर छुट्याइएपछि बाँकी रहेको ८२ लाख कित्ता सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले सम्हालेका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img