Thursday, October 8, 2026
spot_img

स्वदेशी लगानी रहेको ७२.५ मेगावाटका आयोजना सञ्चालनको तयारीमा, आयातमा निर्भरता घट्ने

spot_img

Share

spot_img

काठमाडौँ । नेपालका दुई ठूला जलविद्युत् आयोजनाको ७२.५ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ । देशमा विद्युतीय ऊर्जाको आवश्यकता बढ्दै गएसँगै स्वदेशी लगानीमा निर्माण भएको आयोजना सञ्चालनमा आउने तयारी अवस्थामा छन् ।

युनाइटेड मेवा खोला हाइड्रो पावर कम्पनीले निर्माण गरेको ५० मेगावाटको युनाइटेड मेवा र ठूलो खोला हाइड्रो पावर कम्पनीले निर्माण गरेको २२.५ मेगावाटको ठूलो खोला ‘ए’ जलविद्युत् आयोजना विद्युत् उत्पादनको अन्तिम चरणमा छन् । यी आयोजनाको आन्तरिक परीक्षण पूरा गरेर सञ्चालन अनुमति र ग्रिड जडानको तयारी अवस्थामा रहेका छन् । यी आयोजनाको बिजुली ग्रिडमा थपिँदा देशको ऊर्जा आपूर्तिमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।

यी आयोजनाबाट उत्पादन सुरु भएपछि विशेषगरी हिउँदयाममा बढ्दै गएको विद्युत आयातको दबाब कम हुने विश्वास गरिएको छ । हाल नेपालले सुख्खायाममा भारतबाट विद्युत् आयात गर्दै आएको छ । स्वदेशमै उत्पादन बढेपछि आयात घट्ने र विदेशी मुद्रा बचतमा समेत सहयोग पुग्ने छ ।

युनाइटेड मेवा खोला हाइड्रो पावरका कार्यकारी अध्यक्ष आशिष थापा र माथिल्लो ठुलो खोला हाइड्रो पावरका कार्यकारी अध्यक्ष नरेंद्र बल्लभ पन्थकाअनुसार, दुबै परियोजना छिट्टै सञ्चालनमा आएर देशको ऊर्जा खपत र स्वदेशी लगानी प्रवर्द्धनमा योगदान पुर्याउनेछ । विद्युत् आयातमा निर्भरता घटाउन र स्वदेशी ऊर्जा स्रोतको उपयोग बढाउन यी परियोजनाको भूमिका महत्वपूर्ण मानिएको छ ।

सरकारले आगामी वर्षहरूमा जलविद्युत उत्पादन वृद्धि गर्दै आत्मनिर्भर ऊर्जा प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ । युनाइटेड मेवा र ठूलो खाला जस्ता मध्यम क्षमताका आयोजनाहरू समयमै सम्पन्न हुनु यस लक्ष्यतर्फको महत्वपूर्ण कदम मानिएको छ ।

यी आयोजना सञ्चालनमा आएपछि न केवल राष्ट्रिय प्रसारण प्रणाली बलियो बन्नेछ, तर औद्योगिक क्षेत्र, घरेलु उपभोक्ता तथा ग्रामीण विद्युतीकरणमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

५० मेगावाटको मेवा खोला

यो आयोजना ताप्लेजुङमा रहेको छ । आयोजनाको सुरुङ निर्माणको काम साउथ एसियन इन्फ्रास्ट्रचर कम्पनीले गरेको हो । आयोजनाबाट उत्पादन भएको विद्युत् कोसि कोरिडोरको ढुंगेसाँघु सबस्टेसनमा जोडिनेछ । विद्युत्गृहदेखि सबस्टेसनसम्मको आवश्यक ७ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घण्टा र बर्खामा २०५.५८७ गिगावाट घण्टा गरी कुल ३०३.०११ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ ।

यो आयोजना सम्पन्न गर्न ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । कुल लागतको ७५ प्रतिशत अर्थात ७ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहेको छ भने बाँकी २५ प्रतिशत अर्थात २ अर्ब रुपैयाँ स्वपूँजी लगानी रहेको छ । आयोजनामा सिटीजन्स बैंकको अगुवाईमा कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर, सिद्धार्थ, नेपाल एसबीआई र सिभिल बैंकको ऋण लगानी छ ।
यो आयोजना सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिएको ‘सुपर सिक्स’ आयोजना मध्येको एक हो ।

२२.५ मेगावाटको ठूलो खोला

यो आयोजना म्याग्दीको घुगङ्गा–७ चिमखोला र वडा नं ८ कुइनेमङ्गलेको सीमामा रहेको छ । आयोजनाको पूर्वाधारतर्फको निर्माण कम्पनी देव ऊर्जा कन्ट्रक्सन प्रालिले गरेको हो ।

सुगुरथलामाथि रघुगङ्गा नदीमा निर्माण भएको बाँधबाट पेनस्टक पाइप लाइन हुँदै ल्याउने पानीलाई सेतिनी भ्यालीको फेदीमा रहने विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन हुनेछ ।

३ अर्ब रूपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा प्रवद्र्धकको तर्फबाट ३० प्रतिशत लगानी रहेको छ भने बाँकी ७० प्रतिशत लगानी सिटिजन बैंकको नेतृत्वमा कृषि विकास बैंक र माछापुच्छ्रे बैँकले लगानी गर्ने वित्तीय सम्झौता भएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img