Friday, September 4, 2026
spot_img

३२८ मेगावाटकाे भारबुङकाे लागत १ खर्ब ३ अर्ब ३१ करोड

spot_img

Share

spot_img

काठमाडाैँ । पछिल्लो समय विकास र समृद्धिमा पिछडिएको मानिने डोल्पामा कुल ३२८ मेगावाट क्षमताको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रक्रिया अघि बढाएको छ ।

विभागका अनुसार आयोजनाको भौतिक संरचना डोल्पाको छार्का ताङसोङ र काईके गाउँपालिकामा बन्नेछ। परियोजना अनुसार भारबुङ नदीको पानीबाट ३२५ मेगावाट र तातु खोलाको १.१२ क्युसेक पानीलाई प्रयोग गरेर ३.१० मेगावाट क्षमताका दुई प्रणालीमार्फत विद्युत् उत्पादन गरिनेछ ।

आयोजनाका संरचनामा १६९ मिटर अग्लो बाँध, ७६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक संरचना र १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण गरिनेछ । त्यसैगरी छार्का ताङसोङ–४ र काईके–१ मा भूमिगत विद्युतगृह र पानी निकास नहर निर्माण हुनेछ । जलाशयका कारण छार्का ताङसोङ गाउँपालिका–५ का केही भूभाग डुबानमा पर्ने अनुमान गरिएको छ ।

कुल वार्षिक विद्युत् उत्पादन ९३३.१९ गिगावाट–घन्टा हुने अपेक्षा गरिएको छ । आयोजनास्थल डोल्पाको जुफाल विमानस्थलबाट करिब १२ किलोमिटर टाढा रहेको छ । उत्पादित विद्युत् प्रस्तावित दुईवटा सबस्टेशनमा जोडिनेछ ।

यो आयोजना कुल एक खर्ब ३ अर्ब ३१ करोड ९ लाख ३१ हजार रुपैयाँ लागतमा निर्माण हुने अनुमान गरिएको छ। प्रतिमेगावाट लागत २८ करोड ५० लाख ९३ हजार ९८० रुपैयाँ पुगेको छ ।

विद्युत् विकास विभागले योजना स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको सिफारिससहित वन तथा वातावरण मन्त्रालयमा EIA प्रतिवेदन पेश गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img