Friday, September 4, 2026
spot_img

रिज लाइनकाे ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

spot_img

Share

spot_img

काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले आज (माघ २८ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारणका खुला गरेकाे हाे ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन सुरु गरेको हो ।

कम्पनीको जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबर २६ करोड ७ लाख रुपैयाँ मूल्यका २६ लाख ७ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति प्राप्त भएको थियो । यसमध्ये ११ लाख ८५ हजार कित्ता स्थानीय बासिन्दा र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ ।

अब कर्मचारीका लागि २८ हजार ४४० कित्ता र सामूहिक लगानी कोषका लागि ७१ हजार १०० कित्ता छुट्याएर बाँकी ११ लाख ८० हजार २६० कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। यी सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । निष्काशन छिटोमा फागुन ४ गते बन्द हुनेछ भने मागअनुसार ढिलोमा फागुन १३ गतेसम्म खुला रहनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । सुपर चेपे आयोजना २०८० माघ ८ गतेदेखि व्यावसायिक उत्पादनमा प्रवेश गरी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् बिक्री गर्दै आएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img