चौधरी ग्रुपको ५१ प्रतिशत सेयर रहेको दाङको सम्राट सिमेन्ट उद्याेगकाे विद्युत लाइन काटिएकाे छ । सिमेन्टले बिजुली प्रयाेग गरेवापतकाे विद्युत महसुल बक्याैता नबुझाएपछि लाइन काटिएकाे हाे ।
सिमेन्ट उद्योगले करिब ६ करोड रुपैयाँ विद्युत महसुल बुझाउन बाँकी थियाे । नेपाल विद्युत प्राधिकरण लमही बितरण केन्द्र बारम्बार ताेकता गर्दा पनि महसुल नबुझाएपछि लाइन काटेकाे हाे ।
उद्योगमा अलग फिडर मार्फत २०७३/७४ मा बिजुली जोडिएको थियो । लोडसेडिङ्ग हुँदा उद्योगमा १८/१९ घण्टा निर्वाध बिजुली हुन्थ्यो । केन्द्रले लामाे समयसम्म विद्युत महसुल नबुझाउने ग्राहककाे लाइन काट्ने कामलाइ अभियान कै रूपमा अघि बढाएकाे छ ।








