Friday, April 17, 2026
spot_img

ढल्केबर–बालगंगा प्रसारण लाइनकाे तार तान्ने काम सुरु

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताकाे ढल्केबर–बालगंगा प्रसारण लाइनकाे तार तान्ने काम सुरू गरेकाे छ । प्राधिकरण यदुकुहा वितरण केन्द्रले प्रसारण लाइनको तार तान्ने कामका लागि केही दिन विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ ।

केन्द्रले सूचना जारी गर्दै नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन अन्तर्गत तार तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा प्रभावित हुने जनाएको हो ।

सूचनाअनुसार २०८२ चैत १ गतेदेखि ४ गतेसम्म गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म ३३ केभी यदुकुहा फिडर तथा आवश्यकता अनुसार अन्य वितरण लाइनहरू पनि सटडाउन हुनेछ । यस कारण यदुकुहा वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन सक्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार काम निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा विद्युत् आपूर्ति सोही अनुसार पुनः सञ्चालन गरिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img