Monday, May 4, 2026
spot_img

अध्यादेश लागू भएसँगै ऊर्जा क्षेत्रका उच्च पदाधिकारी स्वतः पदमुक्त

spot_img

Share

spot_img

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बमोजिम मातहतका विभिन्न निकायका पदाधिकारीहरू स्वतः पदमुक्त भएको जानकारी गराएको छ ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार अध्यादेशको दफा २ अनुसार उल्लेखित पदाधिकारीहरू पदमुक्त भएका हुन् । सूचना अनुसार विद्युत नियमन आयोगका अध्यक्ष डा. राम प्रसाद धितालसहित सदस्यहरू डा. मधुसुधन अधिकारी, डा. झमक प्रसाद शर्मा, गौतम डंगोल र भागिरथी भट्टराई ज्ञवाली पदमुक्त भएका छन् ।

त्यस्तै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य पनि पदमुक्त भएका छन् । साथै, प्राधिकरणको सञ्चालक समितिका सदस्यहरू रतन बहादुर ऐर, डा. बल बहादुर पराजुली, श्याम किशोर यादव र रोहित पौडेल पनि पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अध्यादेश कार्यान्वयनमा आएसँगै सम्बन्धित निकायका यी सबै पदाधिकारीहरू स्वतः पदमुक्त भएका हुन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img