Wednesday, May 6, 2026
spot_img

ऊर्जा उद्यमी लामिछाने र मल्ल उद्योग वाणिज्य महासंघकाे सदस्यमा निर्वाचित

spot_img

Share

spot_img

काठमाडाैँ । ऊर्जा क्षेत्रका दुई उद्यमीहरू अभिज्ञा मल्ल र बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको सदस्य पदमा निर्वाचित भएका छन् । महासंघको ६०औं साधारणसभा तथा निर्वाचनमार्फत दुवै जनाले सदस्य पदमा सफलता हासिल गरेका हुन् ।

ऊर्जा क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका मल्ल र लामिछानेको निर्वाचिततासँगै निजी क्षेत्रभित्र ऊर्जा उद्यमशीलता र लगानी प्रवर्द्धनमा थप सशक्त भूमिकाकाे अपेक्षा गरिएको छ ।

देशको ऊर्जा, उद्योग र निजी क्षेत्रको विकासमा उनीहरूले सक्रिय रूपमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विशेषगरी नवीकरणीय ऊर्जा, निजी लगानी विस्तार तथा उद्योग–व्यापार क्षेत्रको सुदृढीकरणमा केन्द्रित हुने जनाइएकाे छ ।

महासंघमा नयाँ नेतृत्व र सदस्यहरूको आगमनसँगै निजी क्षेत्रको प्रतिनिधित्व अझ सशक्त हुने र नीति निर्माण प्रक्रियामा उद्योगी व्यवसायीहरूको आवाज प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img