Thursday, May 21, 2026
spot_img

३५ मेगावाटको माथिल्लो अप्सुवाले २ वर्षभित्र विद्युत् उत्पादन थाल्ने

spot_img

Share

spot_img

काठमाडौँ । श्री रामजानकी हाइड्रो पावर प्रा.लि.ले कोशी प्रदेशमा ३५.१५ मेगावाटको माथिलो अप्सुवा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले संखुवासभा जिल्लाको सिलिचोङ र मकालु गाउँपालिकामा आयोजना निर्माण गर्न लागेको हो ।

सिचिलोङ गाउँपालिका वडा नम्बर ५ र मकालु गाउँपालिका वडा नम्बर १ भएर बग्ने अप्सुवा खोलामा निर्माण हुने आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ ।

विद्युत् विकास विभागले आयोजना निर्माण गर्दा कुनै प्रतिकुल असर पर्ने भएमा आगामी ३५ दिनभित्र विभाग तथा कम्पनीको कार्यालय समक्ष लिखित राय सुझाव पेश गर्न आग्रह गरेको छ ।

यो आयोजनाको डिजाइन बहान ९.२५ घनमिटर प्रति सकेण्ड र कुल हेड ४६७.५० मिटर रहनेछ । अप्सुवा खोलामा बाँध बाँधी खोलाको दायाँ किनारमा निर्माण हुने साइड इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरू बालुवा थिग्राउने पोखरी, हेडरेस सुरुङ, सर्ज ट्याङ्क, पेनस्टक पाइप हुँदै सतही विद्युतगृहमा लगिनेछ ।

आयोजनामा १७५९.५७ मिटर लामो पनेस्टक पाइपमार्फत पानीलाई विद्युतगृहमा पुर्याइनेछ । विद्युतगृहमा जडान गरिने २ वटा पेल्टन टर्वाइनहरूमा पानी खसाली टर्वाइनसँग जोडिएको २ वटा जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिनेछ ।

आयोजनाबाट वार्षिक २०४.०१ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादीत विद्युत् करिब १३२ केभी प्रसारण लाइनमार्फत २४ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको सितलपाटी सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको काम २०८५ भित्र सम्पन्न गर्ने कम्पनीको प्रस्ताव रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img