Monday, June 1, 2026
spot_img

भारतबाट इन्धन सस्तो आए पनि मूल्य घटेन, निगम भन्छ- अझै साढे ६२ करोड घाटा

spot_img

Share

spot_img

काठमाडाैँ । भारतबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य घटेर आए पनि नेपाल आयल निगमले स्वदेशमा इन्धनको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले नयाँ मूल्यसूची पठाएपछि मूल्य समायोजनको समीक्षा गरिएको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य अस्थिर रहनुका साथै निगमको समग्र वित्तीय अवस्था अझै घाटामा रहेकाले उपभोक्ता मूल्यमा कुनै परिवर्तन नगरिएको हो ।

निगमले मूल्य यथावत् राख्दा पनि पेट्रोलियम पदार्थको बिक्रीबाट प्रत्येक १५ दिनमा करिब ६२ करोड ८६ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको जनाएको छ । सञ्चालक समितिको जेठ १७ गतेको निर्णयअनुसार जेठ १८ गते बिहान १ बजेदेखि लागू हुने गरी हाल कायम रहेको खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिइएको निगमले जनाएको छ ।

निगमका अनुसार मध्यपूर्व क्षेत्रमा जारी भू–राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा पेट्रोलियम पदार्थको मूल्य बढ्दो क्रममा रहेकाले आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा पूर्ण मूल्य समायोजन गर्न सम्भव भएको छैन । हाल निगमले पेट्रोल प्रतिलिटर २१४.५० रुपैयाँ, २१६ रुपैयाँ र २१७ रुपैयाँका दरले बिक्री गर्दै आएको छ । त्यस्तै डिजेल तथा मट्टीतेल प्रतिलिटर २२२.५० रुपैयाँ, २२४ रुपैयाँ र २२५ रुपैयाँमा बिक्री भइरहेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारको अवस्था, खरिद मूल्य र वित्तीय दायित्वलाई ध्यानमा राखेर आगामी दिनमा मूल्य पुनरावलोकन गरिने जनाएको छ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img