Thursday, July 16, 2026
spot_img

पहिरो र बाढीको असरः रेलेखोला जलविद्युत् आयोजनाको उत्पादन ठप्प

spot_img

Share

spot_img

काठमाडाैँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ । आयोजनाको बाँध (इन्टेक) क्षेत्रमा बाढी पसेर क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रूपमा रोकिएको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाढीले बाँधमा क्षति पुर्‍याउनुका साथै आयोजनास्थलसम्म पुग्ने पहुँचमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । उनका अनुसार सडक अवरुद्ध हुँदा क्षतिको निरीक्षण, मर्मत तथा आवश्यक उपकरण ढुवानीमा समेत समस्या उत्पन्न भएको छ ।

“बाँधमा क्षति पुगेको छ भने पहुँचमार्ग अवरुद्ध हुँदा मर्मत तथा निरीक्षण कार्यसमेत प्रभावित भएको छ,” काफ्लेले भने ।

विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएपछि आयोजनाले आर्थिक क्षतिसमेत व्यहोर्नुपरेको जनाएको छ । हाल क्षतिको विस्तृत विवरण संकलन तथा मर्मत कार्यको तयारी भइरहेको आयोजनाले जानकारी दिएको छ ।

गत वर्ष निर्माण सम्पन्न भएको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बाढीका कारण उत्पादन बन्द भएपछि आयोजनाबाट हुने विद्युत् आपूर्ति अस्थायी रूपमा प्रभावित भएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img