Saturday, August 1, 2026
spot_img

९७ अर्बको सैनिक कल्याणकारी कोष अब जलविद्युत् र सौर्य ऊर्जामा लगानी हुँदै

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाली सेनाले करिब ९७ अर्ब रुपैयाँ बराबरको सैनिक कल्याणकारी कोषलाई अब जलविद्युत् र सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने योजना अघि सारेको छ । बैंकमा थन्किएको कोषको रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै राष्ट्रिय विकासमा योगदान पुर्याउने उद्देश्यले सेनाले ऊर्जा क्षेत्रमा लगानीको तयारी थालेको हो ।

रक्षा मन्त्रालयमा बिहीबार आयोजित चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले पहिलो चरणमा जलविद्युत् र सौर्य ऊर्जा आयोजनामा लगानी गरेर त्यसको प्रभाव मूल्याङ्कन गरिने बताए । उनले परीक्षण सफल भए सैनिक कल्याणकारी कोषको रकम अन्य विकास निर्माणका क्षेत्रमा समेत विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

“हाम्रो उद्देश्य कोषको रकमलाई सुरक्षित मात्रै राख्ने होइन, राष्ट्रिय विकासमा पनि योगदान पुग्ने गरी परिचालन गर्नु हो । त्यसका लागि पहिलो चरणमा जलविद्युत् र सौर्य ऊर्जामा लगानी गर्ने सोच बनाएका छौँ,” उनले भने ।

प्रधानसेनापतिका अनुसार सैनिक कल्याणकारी कोषमा हाल करिब ९७ अर्ब रुपैयाँ सम्पत्ति रहेको छ । त्यसमध्ये ९१ अर्ब रुपैयाँ बैंकमा नगद मौज्दात रहेको छ भने करिब ६ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको छ । पछिल्लो समय बैंक ब्याजदर घट्दै जाँदा कोषको आम्दानीमा दबाब परेकाले वैकल्पिक लगानी क्षेत्र खोज्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

नेपाली सेनाको कल्याणकारी कोष जलविद्युत् र सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्ने नेपालका सबैभन्दा ठूला संस्थागत लगानीकर्तामध्ये एक बन्न सक्ने देखिन्छ । ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार यस्तो लगानीले नवीकरणीय ऊर्जा विकासका लागि आवश्यक दीर्घकालीन स्वदेशी पुँजी परिचालनमा समेत सकारात्मक योगदान पुर्याउन सक्छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img