Saturday, August 1, 2026
spot_img

नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि बैंकक र ग्वाङ्झाउमा अन्तर्राष्ट्रिय ऊर्जा एक्स्पो

spot_img

Share

spot_img

काठमाडाैँ । दक्षिणपूर्वी एशियामा नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी १७–१९ मार्च २०२७ मा थाइल्याण्डको बैंककस्थित इम्प्याक्ट एक्जिबिसन सेन्टरमा AWE–ASEAN Wind Energy Expo तथा ASEE–ASEAN Smart Energy & Energy Storage Expo आयोजना हुने भएको छ । प्रदर्शनीमा वायु ऊर्जा, स्मार्ट ऊर्जा प्रणाली, ऊर्जा भण्डारण (Energy Storage), ग्रिड प्रविधि तथा स्वच्छ ऊर्जा समाधानसँग सम्बन्धित नवीनतम प्रविधि र व्यवसायिक अवसरहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

यसअघि १६–१८ सेप्टेम्बर २०२६ मा चीनको ग्वाङ्झाउस्थित क्यान्टन फेयर कम्प्लेक्समा १८औँ Solar PV & Energy Storage World Expo आयोजना हुनेछ । प्रदर्शनीमा २,००० भन्दा बढी प्रदर्शक, १ लाख ८० हजार वर्गमिटर प्रदर्शनी क्षेत्र तथा २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रममा सौर्य फोटोभोल्टाइक (PV), ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, स्मार्ट ग्रिड, इन्भर्टर, चार्जिङ प्रविधि र स्वच्छ ऊर्जा समाधानका नवीन उत्पादन तथा प्रविधि प्रदर्शन गरिनेछ ।

आयोजकका अनुसार यी अन्तर्राष्ट्रिय प्रदर्शनीहरूले एशियामा तीव्र गतिमा विस्तार भइरहेको नवीकरणीय ऊर्जा बजारलाई लक्षित गर्दै उत्पादक, प्रविधि प्रदायक, लगानीकर्ता, नीति निर्माता र ऊर्जा क्षेत्रका व्यवसायीबीच सहकार्य तथा व्यापार विस्तारका लागि साझा मञ्च उपलब्ध गराउनेछन् । विशेषगरी पवन ऊर्जा, सौर्य ऊर्जा र ऊर्जा भण्डारण प्रणालीको एकीकृत विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रदर्शनीहरू आयोजना गर्न लागिएको हो ।

मिडिया पार्टनरका रूपमा ऊर्जा सञ्चार रहेकाे छ । जसले यी प्रदर्शनीका गतिविधि, प्रविधि, बजार प्रवृत्ति तथा नेपालसँग सम्बन्धित सम्भावित अवसरबारे निरन्तर समाचार र विशेष सामग्री प्रकाशन गर्नेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img