Thursday, December 5, 2024
spot_img

सूर्यकुण्ड हाइड्रोलाई प्राथमिक सेयर निष्कासन गर्न नियमन आयोगकाे अनुमति

spot_img

Share

spot_img

काठमाडौँ । नुवाकोटमा ११ मेगावाटको माथिल्लो तादी जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुर्याएको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले प्राथमिक सेयर निष्कासन अनुमति पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट यही बैशाख २३ गते अनुमति स्वीकृति पाएको हो ।

कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको प्राथमिक सेयर निष्कासन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । १३ हजार ७५३ कित्ता कर्मचारी तथा कामदारका लागि, ३४ हजार ४८३ कित्ता म्युचयल फण्ड, ६८ हजार ९६७ कित्ता विदेशमा बस्ने नेपालीका लागि ६ लाख ८९ हजार ६७४ कित्ता आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गर्ने तयारी गरिएको हो ।

सेयर निष्कासनका लागि कम्पनी र कुमारी क्यापिटलबिच यसअघि नै सम्झौता भएको छ । सेयर प्रत्याभूतिको जिम्मेवारी नेपाल एसबिआई क्यापिटले लिएको छ । आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाईमा नेपाल एसबिआई बैंकले ऋण लगानी छ । आयोजनाको निर्माण ७० प्रतिशत पूरा भइसकेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img