काठमाडाैँ । लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । सो आयोजनामा एनएमबि बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले ५ अर्ब २५ करोड लगानी रहने निश्चित भएको हो ।
४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी जलविद्युत आयोजनाको करिब लागत रु. ७ अर्ब अनुमान गरिएकाेमा एनएमबि बैंकको अगुवाइमा नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक., एभरेष्ट बैंक र डायनामिक हाइड्रो इनर्जीले लगानी गर्ने गरी उक्त समझदारी भएको हो । आयोजना दोलखाको विगु गाउँपालिकामा बन्ने छ ।
साथै एनएमबिको एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन भएको छ । २ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत रु. ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंक लि.ले रु. ३४ करोड ऋण लगानी गर्ने भएको छ ।
एनएमबि बैंकको तर्फबाट चिफ दिनेश दुलाल र डायनामिक हाइड्रोको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरे । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको








