Friday, April 17, 2026
spot_img

प्राधिकरणका ८८७ कर्मचारी दिर्घ सेवा र अवकाश पदकबाट सम्मानित हुँदै

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ४०औं वार्षिकोत्सवको अवसरमा ८८७ कर्मचारीलाई दिर्घ सेवा र अवकाश पदकबाट सम्मान गर्ने भएको छ । प्राधिकरणले वार्षिकोत्सवको अवसर पारेर विभिन्न तहमा कार्यरत कर्मचारीलाई दिर्घ सेवा र अवकाश भएका कर्मचारीलाई अवकाश पदबाट सम्मान गर्न लागेको हो ।

प्राधिकरणका अनुसार ५९४ जना कर्मचारीलाई दिर्घ सेवाबाट र २९३ कर्मचारीलाई अवकाश पदकबाट सम्मान गर्न लागिएको हो । दिर्घ सेवा पदक पाउनेमा हेल्परदेखि निर्देशकसम्मका कर्मचारी रहेका छन् ।

यसैगरी, अवकाश पदक पाउनेमा कार्यालय सहयोगिदेखि उप–कार्यकारी निर्देशकसम्मका कर्मचारी रहेका छन् । अवकाश पदक पाउनेमा ४ जना उप–कार्यकारी निर्देशक रहेका छन् । जसमा मनोज सिलवाल, रामजी भण्डारी, लोकहरी लुईटेल, मोहनप्रसाद गौतम रहेका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img