Monday, May 25, 2026
spot_img

भिजन कन्सर्न अब अन्तर्राष्ट्रिय अप्टिकल नेटवर्कमा

spot_img

Share

spot_img

काठमाडाैँ । नेपालको नेत्र उपचार क्षेत्रमा सक्रिय Vision Concern ले अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान बनाएको छ । लाजिम्पाट, बौद्ध–तुषाल र मकालबारीमा सेवा सञ्चालन गर्दै आएको यो ISO प्रमाणित आँखासम्बन्धी क्लिनिक हालै बेलायतस्थित International Opticians Association सँग औपचारिक रूपमा आबद्ध भएको हो ।

यससँगै Vision Concern युरोपको अन्तर्राष्ट्रिय अप्टिकल फोरममा नेपालबाट प्रतिनिधित्व गर्ने पहिलो तथा एकमात्र नेपाली आँखाको क्लिनिक बनेको जनाएको छ । क्लिनिकका अनुसार यो आबद्धताले नेपालको नेत्र उपचार सेवा र अप्टिकल क्षेत्रमा अन्तर्राष्ट्रिय विश्वास तथा पहिचान थप मजबुत बनाएको छ ।

दुई दशकदेखि नेपालमा आँखासम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको Vision Concern ले अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र बिरामीमैत्री सेवामार्फत आफ्नो अलग पहिचान बनाउँदै आएको छ । संस्थाले सन् २०१८ मा आयरल्याण्डबाट “Best Patient Service Award” समेत प्राप्त गरेको थियो ।

उपचार सेवासँगै Vision Concern ले उच्चस्तरीय तथा विशेष प्रकारका अप्टिकल उत्पादनहरू पनि नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ । गुणस्तरीय सेवा, विश्वसनीयता र प्रविधिमा निरन्तर सुधार गर्दै आएको संस्थाले अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व अझ सशक्त रूपमा गर्ने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img