काठमाडाैँ । सरकारले स्वच्छ ऊर्जा क्षेत्रमा लगानी आकर्षित गर्न ‘स्वच्छ ऊर्जा वण्ड’ जारी गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
सरकारले ऊर्जा क्षेत्रको दिगो विकास, हरित ऊर्जा उत्पादन तथा निजी क्षेत्रको लगानी विस्तारलाई प्राथमिकतामा राख्दै वण्ड जारी गर्ने नीति अघि सारेको जनाएको छ ।








