काठमाडाैँ । विद्युत विकास विभागको महानिर्देशकमा सहसचिव जीवछ मण्डल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीस्तरीय निर्णयबाट मण्डललाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
यसअघि विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सागरराज गौतमलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा तानिएको छ । गत साउन १२ गते महानिर्देशकको जिम्मेवारी सम्हालेका गौतम तीन महिना नपुग्दै मन्त्रालयमा फर्किएका हुन् ।
नवनियुक्त महानिर्देशक मण्डल यसअघि ऊर्जा मन्त्रालयमा अतिरिक्त सहसचिवका रूपमा कार्यरत थिए । उनी विद्युत विकास विभागको महानिर्देशक बनेको यो तेस्रो पटक हो । मण्डल पहिलो पटक २०८० माघ २३ देखि २०८१ साउन २१ सम्म पदमा रहे भने दोस्रो पटक २०८२ साउन २३ मा असोज १२ गतेसम्म नेतृत्वमा रहेका थिए ।
विद्युत आयोजना विकास, अनुमतिपत्र तथा नियमनलगायत विभागका महत्वपूर्ण जिम्मेवारी अब मण्डलले सम्हाल्नेछन् ।











