Sunday, May 25, 2025
spot_img

ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयू र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

spot_img

Share

spot_img

काठमाडौँ । नेपालमा ग्रीन हाइड्रोजन तथा रसायनिक मल कारखाना स्थापना गरी व्यापारिक उत्पादन प्रवर्द्धन गर्न काठमाडौं विश्वविद्यालय (केयु) र युएसएडको एग्रिकल्चरल इन्पुटबीच सम्झौता भएको छ । नेपालमा खाद्यान्न सुरक्षा र खाद्यान्न उत्पादनका लागि महत्वपूर्ण रहेको युरिया मलको उत्पादन हाइड्रोजनबाट गर्ने गरी बिहीबार (जेठ ३ गते) समझदारी भएको हो ।

कृषिजन्य उत्पादन बढाउन देशभित्रै ग्रीन युरिया मल उद्योग स्थापना गर्ने वातावरण निर्माण गर्नका लागि सहकार्य गर्नेगरी समझदारी गरेको केयुका सहप्राध्यापक एव ग्रीन हाइड्रोजन ल्याव प्रमुख डा.विराजसिंह थापाले बताए ।

‘नेपालमा ग्रीन हाइड्रोजन तथा रसायनिक मल कारखाना स्थापना गर्न नीतिगत सुधार तथा कानूनी प्रक्रिया कस्तो बनाउने भन्ने सम्बन्धमा केयूले सहयोग पुर्याउने छ’, उनले भने, ‘आवश्यक नीति निर्माण तथा सुधार गर्ने सम्बन्धमा सरोकारवाला सरकारी संस्था, गैरसरकारी संस्था, स्वदेशी तथा विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय दातृ निकायलगायत सबैलाई एकताबद्ध गराउन एग्रिकल्चरल इन्पुटसँग सहकार्य गर्ने सहमति भएको छ ।’

केयूले अहिलेसम्म प्राप्त उपब्धिहरूको मुल्यांकन गरी कमीकमजोरी सुधार गर्ने र यसप्रति इच्छुक संघ संस्था तथा लगानीकर्ताहरूसँग छलफल तथा परामर्श गरी छिटो भन्दा छिटो हाइड्रोजनबाट रसायनिक मल कारखाना स्थापना गर्न सहयोग पुर्याउने छ ।

केयुले अहिलेसम्म प्राप्त गरेको ज्ञान, सीप र जनशक्तिको विकास एवं नेटवर्कको उपयोग ग्रीन हाइड्रोजनबाट युरिया मल उत्पादन गर्ने कारखाना स्थापना गर्न प्रयोग गर्ने थापाले बताए । यो सझदारीले नेपालमा चाँडै नै सबै सरोकारवालाको पहलमा ग्रीन युरिया कारखाना स्थापना गर्न बाटो खुल्ने अपेक्षा बढेको उनको भनाइ छ ।

केयुले लामो समयदेखि नेपालमा ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादन सम्भाव्यताबारे अध्ययन गर्दै आएको छ । केयुकै पहलमा सरकारले ग्रीन हाइड्रोजन नीति २०८० ल्याएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img