काठमाडौं । विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष दिल्लीबहादुर सिंहसहित ८ जनाले आवेदन दिएका छन् । विद्युत् क्षेत्रको विकास, विस्तार तथा समग्र नियमनको भूमिका निर्वाह गर्ने आयोगकाे अध्यक्ष तथा सदस्य पदका लागि क्रमशः ८ र ११ जनाकाे उम्मेदवारी परेकाे छ ।
अध्यक्ष पदमा नियुक्तिका लागि सिंहसहित डा.रामप्रसाद धिताल, मोतिबहादुर कुँवर, डा.मधुसुधन अधिकारी, कृष्णसिंह बस्नेत, चन्द्रसिंह साउद, अर्जुनजङ्ग थापा र कुशेश्वरप्रसाद साहले आवेदन दिएका छन् ।
आयोगको रिक्त सदस्य पदका लागि जयराज भण्डारी सहित ११ जनाको आवेदन परेकाे जनाइएकाे छ। सदस्यका लागि जयराज भण्डारी, चुणामणि चापागाईं, मधुसुदन अधिकारी सुरेशबहादुर भट्ट, भागिरथी भट्टराई ज्ञवाली, कृष्ण सिंह बस्नेत, शकुन्तला ढकाल मरहठ्ठा, झमकप्रसाद शर्मा, कुशेश्वरप्रसाद साहु, डा. सूर्यकुमार सापकोटा र जेनी पुरीले उम्मेदवारी दिएका छन् ।
याे पनि पढ्नुहाेस्ः नियमन आयोगमा सिंहको ५ वर्ष, अध्यक्षमा सिंह नै दोहोर्याउँदा उत्तम